काठमाण्डौ जिल्लाको वन सम्पदाको संरक्षण, विकास र व्यवस्थापन गर्ने उद्धेश्यले २०१६ सालमा काठमाण्डौ वन डिभिजन कार्यालयको स्थापना भएको थियो भने सालमा २०४१ वन संगठनको संरचनामा परीवर्नन गरी जिल्ला वन कार्यालयको स्थापना भएको थियो ।मुलुकमा गणतन्त्रको स्थापना र संघिय संरचना मा गए संगै राष्ट्रीय वनको व्यवस्थापन प्रदेश सरकारको मातहतमा गएको छ र वनको सांगठनिक संरचनामा पनि केही परीवर्तन भएको छ ।हालयस जिल्लामा १ वटा डिभिजन वन कार्यालय, ६ वटा सवडिभिजन वन कार्यालय र १ वटा वन पैदावार चेकपोष्ट रहेको छ ।